उद्देश्य


अमेरिकास्थित विभिन्न क्षेत्रमा छरिएर रहेका ग्याल्सुम्दो बासीहरूलाई संस्थागत रूपमा एकै छानामुनि एकीकृत गराई आपसी सहयोग, समझदारी र भाइचाराको नातालाई सवल बनाउँदै समग्र रुपमा शैक्षिक, सामाजिक, आर्थिक एवम् मौलिक संस्कृतिको सम्बर्धन र विकास गर्दै अघि बढ्नु यस संस्थाको मूल मन्त्र हो । नेपालस्थित ग्याल्सुम्दो सेवा संस्थासँग अटुट सम्बन्ध आपसी सहयोग आदानप्रदान कायम राख्नु र अमेरिकास्थित विभिन्न सामाजिक संघसंस्थाहरूसँग पनि सुमधुर सम्बन्ध र समन्वय राखी विविध सामाजिक गतिविधि तथा कार्यक्रम सञ्चालन गर्दै अघि बढ्नु थप महत्वपूर्ण उद्देश्य रहेको छ ।