जुलाई २८, २०१८, न्यू योर्क, मनाङ जिल्ला नेपाली कांग्रेसका पुर्व सभापति तथा नेपाल सरकारका पुर्व श्रम मन्त्री श्री पाल्तेन गुरुङ को स्वागतमा ‘स्वागत तथा भेटघाट’ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अमेरिकाका घ्याल्सुम्दो बासी लगायत स्थानिय ब्यक्तित्वहरुको साहभगिता रहयो । श्री पाल्तेन गुरुङ ज्युलाई खाता लगाइ सम्मान गरिएको थियो । पुर्व मन्त्री गुरुङ ले आफ्नो अमेरिका भ्रमनको अनुभव साथै संस्थालाई प्रगतिको शुभकामना मन्तब्य दिनु भयो ।
