Announcement

सुचना सुचना सुचना

मितीः जनवरी २८, २०२१

विषयः यस वर्षको ल्होसार कार्यक्रम आयोजना नगरिने सम्बन्धमा
महोदय
उपरोक्त संबन्धमा यहि मिति जनवरी २२, २०२१ मा घ्याल्सुम्दो सेवा सँस्था अमेरिकाको बसेको बैठकमा भएको निर्यण अनुसार फेव्रुअरी १२, २०२१ सम्पन्न हुने छेवा–चिक र ल्होसार साँस्कृतिक कायक्रम आयोजना नगरिने जानकारी गराउछौं । हाल विश्वभर फैलिएको कोभिड–१९ महामारीको संक्रमणले हालसम्म जनजीवन अस्तव्यस्त भएको अवस्था छ । यस ज्यानमारा संक्रमणलाई नियन्त्रण गर्न संघिय र राज्य सरकारले तोकिएको पावन्दीको मध्यनजर गर्दे हामीले यो निर्यणको निष्कर्षमा पुगेको जानकारी गराउछौं ।
यस कठिन समयमा सवैमा सरकारको सवै नियमहरु पालना गरी संक्रमण रोक्न सघाउ पुर्याऔं र सुरक्षित तवरले यस वर्षका ग्याल्पो ल्होसारलाई परिवार भित्रै मनाउ भन्ने हार्दिक आग्रह गर्न चाहन्छौं ।

निमा ल्हमो
अध्यक्ष

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *