ताक-ल्हाे ल्हाेसार छेवा-चिक ३,२०२२

न्यू योर्क, मार्च ३,२०२२, घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाले “२१४९ औं ताक-ल्हाे ल्हाेसार” को अवसरमा ल्हाेसार छेवा-चिक कार्यक्रमको आयोजन गरियो । न्यू योर्क को वूड्साइडमा स्थित गुल्सन टेरेसमा आयोजना भएको सो कार्यक्रममा बिशेष

घ्याल्सुम्दोबासीहरुकै उपस्थिती रहेको थियो । बौद्ध धार्मावलम्बिहरुले बिशेष महत्वका साथ मनाउने ल्होसारको बिशेषता भनेको आफन्तजनहरु सँगको भेट्घाट, आफु भन्दा ठुला बडाहरुसँग आसिर्बाद लिने, मिठो भोजन गर्ने, मनोरन्जनात्मक कार्यक्रमहरु गर्ने जस्ता कार्य गरी मनाउने चलन छ । आफ्नो जन्मभुमी देखी टाढा भयता पनि आफ्नो भाषा, कला, सँस्क्रिति र परम्परालाई जगेर्ना गर्ने र आफ्नो भाबी सन्ततीमा हस्तान्तरन गराउने उदेस्यले यस् किसिमको कार्यक्रम घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाले बर्सेनी गर्ने गर्दछ ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *