Lhosar Saanjh 2023

घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले विभिन्न साँस्कृतिक कार्यक्रमसहित ग्याल्पो ल्होसार मनाएको छ । हरेक वर्ष हर्षोल्लासका साथ मनाईने लोसार यस बर्ष बाघ वर्गलाई विदाई र नया वर्ष खरायो वर्गलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाए । संस्थाका अध्यक्ष निमा छिरिङ घलेले कार्यक्रमको सभापतित्व र नेपाली महावाणिज्यदुतावासका वाणिज्यदुत गणेश प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।


अध्यक्ष घलेले संस्कार र संस्कृतिको संवद्र्धन र नयाँ पुस्तालाई हस्तान्तरण गर्नको लागि ल्होसार कार्यक्रम गरिएको बताए । वाणिज्यदुत अधिकारीले ल्होसारको शुभकामना दिंदै अमेरिकामा पनि संस्कृतिको जगेर्ना गरेको भन्दै धन्यवाद व्यक्त गरे । कार्यक्रममा स्थानिय तहका निर्वाचित पदाधिकारीहरुको पनि सहभागिता रहेको उक्त कार्यव्रmममा न्यूयोर्क राज्यका सांसद स्टिभन रागा र काउन्सिल मेम्बर जुली वानका प्रतिनिधिहरु, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, गैर आवासिय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पा, कलेजपाइेन्ट सिभिक एण्ड ट्याक्स्पेयर एसोसियसनका अध्यक्ष नवराज केसी, एनिमल भिलेज हस्पीटलका प्रमुख डा. डेनिस् सेराभोलो र संस्थाका धर्मगुरु लामा तेन्जीङ विशेष अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको पनि सहभागिता रहेको कार्यव्रmम दुई चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा औपचारिक परिचय र शुभकामना आदानप्रदान गरिएकोे थियो । औपचारिक कार्यक्रम सस्ंथाका महासचिव राजु लामाले संचालन गरेका थिए । संस्थाका विभिन्न कृयाकलापमा जिम्मेवारी लिई विशेष योगदान पुर्याएकोमा सस्ंथाले “सेभ द कल्चरका संयोजक छिरिङ लामा, “खेलकुद संयोजक राजु गुरुङ र “महिला तथा आमा समुह” संयोजक चित्र कुमारी गुरुङलाई सम्मान गरिएको थियो ।
यस्तै दोस्रो चरणमा स्थानिय कलाकारहरुले हिमाली भेगमा नाचिने मौलिक तथा विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कलाकारहरुको प्रस्तुतीलाई दर्शकहरुले प्रशंसा गरेका थिए । नेपालका वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको कोरियोग्राफमा कलाकारहरुले प्रस्तुत गरेको नृत्यलाई दर्शकहरुले खुब मन पराएर पुनः प्रस्तुतीको माग गरेका थिए । त्यस्तै कार्यक्रममा युवा नृत्य निर्देशिका गौरी लामाको कोरियोग्राफमा साना बालबालिकाहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।
करिब तीन सय दर्शकहरुको सहभागिता रहेको ल्होसार कार्यक्रममा भब्य र सभ्य उत्कृष्ट रहेको दर्शकहरुले बताए । सन् १९९९ देखि संस्थागत रुपमा दर्ता रही विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको घ्याल्सुम्दो सेवा संस्थामा नेपालको मनाङ जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायहरु आवद्ध रहेका छन् । संस्थामा विशेष गरी दुई गाँउपालिका “चामे” र “नासाँे” क्षेत्रमा बसोबास गर्ने जनसमुदायहरुलाई घ्याल्सुम्दोबासी भनेर चिनिन्छ । स्थानिय भाषामा “घ्यालम्” भनेको ठुलो बाटो र “सुम्दो” भनेको तिन तिरबाट जोडिएको र समग्रमा तिन तिरबाट जोडिएको ठुलो बाटो भनेर बुझिन्छ । त्यस क्षेत्रका अधिकांस बासिन्दा बौद्ध धर्मालम्वीहरु भएकाले ल्होसार पर्वको ठुलो महत्व रहेको छ ।
घ्याल्सुम्दो सेवा संस्था अमेरिकामा रहेका नेपाली डायस्पोरामा एक परिचित संस्था हो । घ्याल्सुम्दो सेवा संस्थाले गैरनाफामुलक संस्था डिजिटल ब्रिज फर नेपालसँगको सहकार्यमा मनाङको नासों गाउँपालिक थोन्चे उच्च माध्यमिक विद्यालयमा कम्प्युटर लर्निङ इन्भायरोमन्टल सेन्टर स्थापना गरेको छ । कम्प्युटर लर्निङ इन्भायरोमन्टल सेन्टरले ग्रामिण समुदायमा रहेका विद्यार्थीहरुलाई कम्प्युटर शिक्षामार्फत टेक्नोलोजिक दुरी कम गर्नु सहयोग गर्ने उद्देश्य रहेको छ ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *